पात्रो

रेडियो

समाचार खोजी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा मात्रै सञ्चालन हुने

साझा अर्थ संवाददाता २० कार्तिक २०८१, मङ्गलवार

 


२३ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा मात्रै सञ्चालन हुने भएको छ । ट्याक्सी वे, एप्रोनलगायत विस्तारका लागि विमानस्थलमा दैनिक १० घण्टा मात्रै सञ्चालन हुने हुँदा हिउँदे सिजनमा एकतिहाइ उडान कटौती गरिएको हो ।  विमानस्थल सञ्चालन हुने समय कटौटी भएसँगै करिब ३० प्रतिशत अन्तर्राष्ट्रिय उडान पनि कटौती हुने भएको छ । 

सो अवधिमा त्रिभुवन विमानस्थलमा सातामा दुई सय ९५ उडान कटौती हुने भएका हुन् । सातामा चार सय १० अन्तर्राष्ट्रिय उडान भइरहेकामा २३ कात्तिकदेखि दुई सय ८७ उडान मात्रै हुने नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०का सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए । यस्तै, त्रिभुवन विमानस्थलबाट हुने ३५ प्रतिशत आन्तरिक उडान पनि कटौती भएको उनको भनाइ छ ।

अहिले दैनिक २१ घण्टा उडान हुँदै आएको त्रिभुवन विमानस्थलमा स्तरोन्नतिको काम सुरु भएपछि १४ घण्टा मात्र उडान हुनेछ । पाँच महिना त्रिभुवन विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द हुने तालिका सार्वजनिक भइसकेको छ । विमानस्थलमा उडान आवर घटेका कारण वायुसेवा कम्पनीका उडान कटौती गर्नुपरेको भुलले बताए । दैनिक तीन–चार उडान गर्ने वायुसेवा कम्पनीहरूको ५० प्रतिशत उडान कटौती गरी विन्टर सेड्युल स्वीकृत गरिएको छ ।

224 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु