पात्रो

रेडियो

समाचार खोजी

मन्थली–काठमाडौँ आवागमन फेरि अवरुद्ध

साझा अर्थ संवाददाता १९ असोज २०८१, शनिवार

दोलखा :  लगातारको वर्षाका कारण गत शनिबार गएको बाढी र पहिरोका कारण बन्दभई न दिनअघि मात्र नियमित भएको  मन्थली–काठमाडौँ यातायात आज बिहानदेखि अवरुद्ध भएको छ । 

दोलखाको मेलुङ गाउँपालिकास्थित मालुखोला नजिक ज्यामिरे भन्ने ठाउँमा बाटो तामाकोशी नदी किनारमा भाँसिएपछि सवारीसाधन आवागमन अवरुद्ध बनेको हो । 

बाटो अवरुद्ध भएपछि रामेछाप, सोलु र ओखलढुंगाका विभिन्न भागबाट काठमाडौँ जाने र तीनै स्थानका लागि काठमाडौँबाट छुटेका मालवाहक र यात्रुवाहक सवारीसाधन रोकिएका छन् । अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 

192 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता