काठमाण्डौ । सुनको मूल्यले आज पनि बढेर लगातार ६ दिन रेकर्ड ब्रेक गरेको छ । अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि पाँच सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाला सुनको मूल्य ५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँ कायम भएको छ ।
असोज ६ गते १ लाख ५८ हजार ८ सय रुपैयाँ पुग्दै नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य त्यसपछि दैनिक रेकर्ड बनाउदै बृद्धि भएको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भईरहेको छ ।
साझा अर्थ संवाददाता