पात्रो

रेडियो

समाचार खोजी

भदौमा ५० ग्राम मात्रै सुन आयात

साझा अर्थ संवाददाता १० असोज २०८१, बिहिवार

 

चालू आर्थिक वर्ष ०८१/८२ को भदौ महिनामा ५० ग्राम मात्रै सुन आयात भएको छ । मूल्य बढेका कारण ग्राहकबाट सुनका गरगहनाको माग न्यून छ । त्यसले गर्दा सुनको आयात नभएको व्यवसायीहरू बताउँछन् । 

पहिलो महिना साउनमा एक सय केजी १०५ ग्राम सुन आयात भएको थियो । त्यसको मूल्य भने एक अर्ब चार करोड २७ लाख ६६ हजार रुपैयाँ थियो ।   भदौमा पाँच लाख २३ हजार रुपैयाँको ५० ग्राम मात्रै सुन आयात भएको देखिन्छ । 

गत आवको साउनमा २०० र भदौमा ३०० केजी सुन आयात भएको थियो ।  विभागका अनुसार गत आवभर २३ अर्ब ६५ करोड ३९ लाख रुपैयाँको दुई हजार ६५२ केजी सुन आयात भएको थियो ।

105 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता