पात्रो

रेडियो

समाचार खोजी

नेपालको आर्थिक बृद्धिदर ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

साझा अर्थ संवाददाता ९ असोज २०८१, बुधवार


चालू वर्ष नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने प्रक्षेपण एसियाली विकास बैंक (एडीबी)ले गरेको छ। गत आर्थिक वर्ष ३.९ प्रतिशत आर्थिक वृद्धि भएको राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान छ। 

चालू वर्ष सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य लिएको छ।  एडिबीले मूल्यवृद्धि दर पनि ५.५ प्रतिशत रहने प्रक्षेपण गरेको छ।

एसियन डेभलपमेन्ट आउटलुक २०२४ (सेप्टेम्बर) का अनुसार वर्ष २०२३÷२४ मा नेपालको मूल्यवृद्धिदर ५.४ प्रतिशत रहेको एडिबीको भनाई छ। 
सरकारले चालू वर्ष २०८१÷८२ को मुद्रास्फीति ५.५ प्रतिशतको अनुमान गरेको छ भने राष्ट्र बैंकले त्यसलाई घटाएर ५ प्रतिशतमा सीमित राख्ने घोषणा गरेको छ।

‘आन्तरिक मागमा वृद्धि, पूर्वाधार खर्चमा तीव्रता र पर्यटनसम्बन्धी सेवा पुनरुत्थानले कुल गार्हस्थ उत्पादन ९जीडीपी० बढ्नेछ’, नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आनों कोश्वाले भने, ‘एसियन डेभलपमेन्ट आउटलुक ९२०२४ सेप्टेम्बर० का अनुसार सामान्य मनसुनसँगै समयमै धान रोपाइँ सम्पन्न भएकाले कृषि क्षेत्रको वृद्धि फसल संकलनको अनुकूलतामा निर्भर रहनेछ। विद्युत् उत्पादन क्षमतामा वृद्धिले औद्योगिक वृद्धिलाई टेवा दिनेछ। पर्यटक आगमनमा वृद्धिले आवास र भोजन सेवालगायतका गतिविधि वृद्धिमा सहयोग पुग्न गई सेवा क्षेत्र विस्तार हुने अपेक्षा गरिएको छ। लचक मौद्रिक नीति, पुँजीगत वजेटको खर्चलाई तीव्रता दिने योजनासँगै आन्तरिक मागमा थप सुधार हुनुका साथै थोक एवं खुद्रा व्यापार, यातायात र भण्डारण तथा घरजग्गा जस्ता व्यावसायिक गतिविधि सुदृढ हुने अपेक्षा गरिएको छ।’

239 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता