पात्रो

रेडियो

समाचार खोजी

सुनको मुल्यले निरन्तर चौथो दिन रेकर्ड ब्रेक

साझा अर्थ संवाददाता ९ असोज २०८१, बुधवार

 

सुनको मूल्यले निरन्तर चौथो दिन रेकर्ड कायम गरेको छ । आज सुन तोलामा ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाला सुन प्रतितोला १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ । मंगलबार १ लाख ५९ हजार ७०० रुपैयाँ थियो ।

यो दिन चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । यस दिन चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर १ हजार ९५५ रुपैयाँ पुगेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ९१५ रुपैयाँ थियो ।

 

252 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता