सोमबार पनि सुनको भाउ बढेर नयाँ रेकर्ड ब्रेक गरेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ४ सय रुपैयाँ बढेर सुन आज १ लाख ५९ हजार २ सय रुपैयाँ पुगेको छ । आइतबार प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै चाँदी भने स्थिर छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १९२० रुपैयाँमा चाँदीको कारोबार भएको छ ।
साझा अर्थ संवाददाता