पात्रो

रेडियो

समाचार खोजी

ऊर्जा क्षेत्रमा वाणिज्य बैंकहरूको ५ खर्ब लगानी, राष्ट्र बैंकको लक्ष्य पछ्याउँदै बैंकहरू

साझा अर्थ संवाददाता १० असार २०८३, बुधवार
समाचार सारांश
  • नेपालका वाणिज्य बैंकहरूले चैत मसान्तसम्म ऊर्जा क्षेत्रमा कुल ५ खर्ब रुपैयाँ (कुल कर्जाको ९.५१%) लगानी गरेका छन्, जुन राष्ट्र बैंकले तोकेको १०% लक्ष्यको नजिक छ।
  • यस लगानीले देशलाई विद्युत्‌मा आत्मनिर्भर बनाउनुका साथै गत वर्ष १७ अर्ब ४७ करोडको बिजुली निर्यात र नवीकरणीय ऊर्जा क्षेत्रमा १ लाख ११ हजारभन्दा बढी रोजगारी सिर्जना गरेको छ।
This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ, १० असार 

चालु आर्थिक वर्षको चैत मसान्तसम्म नेपालका वाणिज्य बैंकहरूले ऊर्जा क्षेत्रमा कुल ५ खर्ब रुपैयाँ बराबर कर्जा प्रवाह गरेका छन्। यो लगानी बैंकहरूले प्रवाह गरेको कुल ५२ खर्ब ५३ अर्ब रुपैयाँ कर्जाको ९.५१ प्रतिशत हो। नेपाल राष्ट्र बैंकले २०८५ असारसम्ममा कुल कर्जाको १० प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने समयसीमा तोकेकोमा बैंकहरू उक्त प्राविधिक लक्ष्यको निकै नजिक पुगेका हुन्।

यस क्षेत्रमा वित्तीय लगानी बढाउन वाणिज्य बैंकहरूले जलविद्युत् आयोजनाको जटिल प्रकृति र दीर्घकालीन जोखिमलाई मध्यनजर गर्दै सहवित्तीयकरण मार्फत वित्तीय स्रोत परिचालन गरिरहेका छन्। हाल नेपालको कुल जडित विद्युत् क्षमता ४ हजार २ सय ९६ मेगावाट पुगिसकेको छ, जसका कारण मुलुक सुक्खायाममा समेत आत्मनिर्भर बन्ने दिशामा अघि बढेको छ। गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको थियो भने नवीकरणीय ऊर्जा क्षेत्रले देशमा १ लाख ११ हजारभन्दा बढी रोजगारी सिर्जना गरिसकेको छ।

51 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु