दसैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ १३ असोजभित्र खुलाउने तयारी भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ट्राफिक प्रहरीलगायत निकायसँग छलफल गरेर अग्रिम टिकट बुकिङ खुलाउने तयारी गरेको हो ।
बैठकमा भाडा समायोजनको विषयमा पनि छलफल भएको थियो । जसअनुसार तिहारसम्म पुरानै भाडादर कायम राख्ने निर्णय भएको छ । दशैं तिहार पछि मात्रै नयाँ भाडादर कायम गर्ने निर्णय भएको छ । दसैँका वेला हरेक वर्ष काठमाडौं उपत्यकाबाट १५ लाखभन्दा बढी यात्रु बाहिरिन्छन् ।
साझा अर्थ संवाददाता