पात्रो

रेडियो

समाचार खोजी

डिजिटल कर्जाको सीमा बढ्यो, अब दस लाखसम्म सहज ऋण

साझा अर्थ संवाददाता २६ जेठ २०८३, मङ्गलवार

काठमाडाैः नेपाल राष्ट्र बैंकले डिजिटल कर्जामा लचकता अपनाउँदै ऋण सीमा वृद्धि गरेको छ। केन्द्रीय बैंकले ‘विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गनिर्देशन, २०७८’ मा संशोधन गर्दै अब डिजिटल माध्यमबाट अधिकतम १० लाख रुपैयाँसम्म ऋण दिन सकिने व्यवस्था मिलाएको हो।

यसअघि यस्तो कर्जाको सीमा पाँच लाख रुपैयाँ मात्र थियो। नयाँ व्यवस्थाले लघु, साना तथा मझौला व्यवसायीलाई ठूलो राहत मिलेको छ। व्यवसायीले आफ्नो कारोबारको प्रकृतिअनुसार बिना धेरै झन्झट विद्युतीय माध्यमबाटै ऋण प्राप्त गर्न सक्नेछन्।

राष्ट्र बैंकको यो कदमले डिजिटल अर्थतन्त्रलाई टेवा पु¥याउने विश्वास गरिएको छ। साना उद्यमी, घरेलु तथा साना व्यवसायीका लागि यो व्यवस्था विशेषगरी लाभदायक हुनेछ। ऋण प्रक्रिया सहज, छिटो र पारदर्शी बनाउन डिजिटल माध्यमलाई प्रोत्साहन गर्ने उद्देश्यले केन्द्रीय बैंकले यो संशोधन ल्याएको हो। साथै, यसले वित्तीय समावेशीकरणलाई पनि बल मिल्ने विश्लेषकहरू बताउँछन्।

111 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्