पात्रो

रेडियो

समाचार खोजी

१० महिनामा करिब ८ खर्ब को सामान आयात

साझा अर्थ संवाददाता १० जेठ २०८३, आइतवार
समाचार सारांश
  • चालु आर्थिक वर्षको १० महिनामा वीरगन्ज भन्सार नाकाबाट करिब आठ खर्ब रुपैयाँ बराबरको सामग्री आयात भएको छ।
  • गत वर्षको सोही अवधिको तुलनामा यो १५ प्रतिशत (एक खर्ब दुई अर्ब रुपैयाँभन्दा बढी) ले वृद्धि भएको हो।
  • पेट्रोलियम पदार्थ, फलाम तथा फलामजन्य वस्तु, मेसिनरी र भटमासको कच्चातेल आयातमा मुख्य वृद्धि भएको छ।
This summary was generated by AI and has been editorially reviewed.

वीरगन्ज , १० जेठ : वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा करिब आठ खर्बको विभिन्न सामग्रीहरु आयात भएको पाइएको छ । उक्त अवधिमा कुल  सात खर्ब ९४ अर्ब ८७ करोड मूल्य पर्ने वस्तु तथा समान आयात भएको हो । 
गत आवको १० महिनाको तुलनामा चालु अवधिको सोही अवधिमा यो नाका हुँदै रु एक खर्ब दुई अर्ब ४४ करोड अर्थात् १५ प्रतिशत बढी सामान भित्रिएको वीरगंज भन्सार कार्यालयको तथ्याङ्क छ ।
चालु आवको पेटोलियम पदार्थ र फलाम तथा फलामजन्य वस्तुको आयातमा वृद्धि भएको कार्यालयले जानकारी दिएको छ । जबकि गत आवको १० महिनामा भने रु छ खर्ब ९२ अर्ब ४३ करोड मूल्यका वस्तु तथा सामान आयात भएको थियो ।
 चालु आवको १० महिनामा रु एक खर्ब ८१ अर्ब ७० करोड मूल्य पर्ने पाँच थरिका पेटोलियम पदार्थको आयात भएको छ । त्यसैगरी, सोही अवधिमा रु ६९ अर्ब ४२ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएको छ । रु ५७ अर्ब ६६ करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएको छ । त्यसैगरी रु ५५ अर्ब सात करोड मूल्य पर्ने भटमासको कच्चातेल आयात भएको छ ।

234 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ