पात्रो

रेडियो

समाचार खोजी

बैङ्किङ प्रणाली बाट १ सय अर्ब प्रशोचण गर्दै नेपाल राष्ट्र बैंक

साझा अर्थ संवाददाता ८ जेठ २०८३, शुक्रवार

काठमाडौँ, ०८ जेठ: बैंकिङ प्रणालीमा रहेको अधिक तरलता (लगानीयोग्य रकम) व्यवस्थापन गर्न केन्द्रीय बैंकले आज फेरि ठुलो परिमाणको रकम तान्ने भएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट बोलकबोल (बिडिङ) प्रक्रियामार्फत १०० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्न लागेको हो।

बजारमा रकम बढी भएर अल्पकालीन ब्याजदरहरू घट्न थालेपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बजारबाट पैसा उठाउन लागेको हो। यस निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन पाउनेछन्। इच्छुक संस्थाहरूले आज तोकिएको समयभित्र अनलाइन प्रणालीमार्फत आफ्नो ब्याजदर प्रस्ताव गर्नुपर्नेछ। बजारको अधिक तरलतालाई सन्तुलनमा राख्न र अल्पकालीन ब्याजदरलाई एउटा निश्चित सीमाभित्र कायम राख्न केन्द्रीय बैंकले यस्तो कदम चालेको हो।

195 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ