पात्रो

रेडियो

समाचार खोजी

१० महिनामा करिब ६ अर्ब राजस्व दाखिला

साझा अर्थ संवाददाता ४ जेठ २०८३, सोमवार

काठमाडौं जेठ,४: आर्थिक सुस्तीका बीच आन्तरिक राजस्व कार्यालय हेटौँडाले चालु आर्थिक वर्षको १० महिनामा करिब ६ अर्ब रुपैयाँ कर संकलन गर्न सफल भएको छ। कार्यालयको आधिकारिक तथ्याङ्क अनुसार वैशाख मसान्तसम्म कुल ५ अर्ब ९२ करोड ६४ लाख रुपैयाँ राजस्व राज्यकोषमा जम्मा भएको हो। यो संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४ करोड २१ लाख रुपैयाँले बढी हो। चालू वर्षका लागि कुल ८ अर्ब ४४ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको कार्यालयले लक्ष्य भेटाउन बजार अनुगमन र कर असुलीमा आक्रामक रणनीति अपनाएको देखिन्छ।

यसपटक संकलित राजस्वमा औद्योगिक उत्पादनसँग जोडिएको अन्तःशुल्कको योगदान सबैभन्दा उच्च छ। कार्यालयका अनुसार अन्तःशुल्कमार्फत ३ अर्ब ४५ करोड ६२ लाख रुपैयाँ र आयकरतर्फ १ अर्ब २ करोड ४ लाख रुपैयाँ उठेको छ। त्यस्तै, उपभोक्ता बजारको अवस्था देखाउने मूल्य अभिवृद्धि कर (VAT) बाट ८२ करोड ७१ लाख रुपैयाँ संकलन भएको छ। अन्य शीर्षकहरू अन्तर्गत स्वास्थ्य जोखिम करबापत ५१ करोड ९२ लाख, ब्याजकरबाट ६ करोड ८३ लाख र घरबहाल करबापत १ करोड ५९ लाख रुपैयाँ सरकारी खातामा दाखिला भएको छ। बक्यौता रकम बुझाउन करदाताको घरदैलोमै पुग्ने र फोन-एसएमएसमार्फत ताकेता गर्ने अभियानले राजस्व वृद्धिमा मुख्य भूमिका खेलेको कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीले बताउनुभएको छ।

137 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ