पात्रो

रेडियो

समाचार खोजी

सुनको मूल्य तोलामा आठ सयले वृद्धि

साझा अर्थ संवाददाता ४ जेठ २०८३, सोमवार

काठमाडौँ: स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला रु ८०० ले वृद्धि भएको छ ।

आइतबार प्रतितोला रु दुई लाख ९४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने प्रतितोला रु दुई लाख ९४ हजार ८०० मा कारोबार हुने गरी निर्धारण भएको छ ।

यस्तै, चाँदी प्रतितोला रु २० ले घटेको छ । आइतबार प्रतितोला रु पाँच हजार ६० मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला रु पाँच हजार ४० निर्धारण गरिएको छ ।

113 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ