पात्रो

रेडियो

समाचार खोजी

बजेटअघि सेबोनमा नयाँ नेतृत्व आउने सम्भावना न्यून

साझा अर्थ संवाददाता ३ जेठ २०८३, आइतवार
समाचार सारांश

 

  • नेपाल धितोपत्र बोर्ड (सेबोन) मा नयाँ अध्यक्ष नियुक्ति बजेटअघि टुंगिने सम्भावना कमजोर देखिएको छ, जसको कारण छनोट समितिको नेतृत्व परिवर्तन र अर्थ मन्त्रालयको बजेट तयारीमा व्यस्तता हो।
  • अध्यक्ष पद खाली रहँदा आइपिओ, हकप्रद सेयर स्वीकृति र पूँजी बजारसम्बन्धी महत्वपूर्ण निर्णयहरूमा ढिलाइ हुन सक्नेछ।
This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ : नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्ति बजेटअघि टुंगिने सम्भावना कमजोर देखिएको छ। पूर्वअध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिएपछि बोर्ड नेतृत्वविहीन छ। सेबोन अध्यक्षका लागि ४७ जनाले आवेदन दिएका छन्। तर, छनोट समितिको नेतृत्वमै परिवर्तन भएपछि प्रक्रिया थप लम्बिएको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले स्वार्थ बाझिने कारण देखाउँदै समितिबाट राजीनामा दिएका थिए। त्यसपछि समितिको नेतृत्व प्रा.डा. सञ्जय आचार्यले सम्हालेका छन्।

अब समितिले ४७ आवेदकबाट ५ जनाको सर्टलिस्ट तयार गर्ने, अन्तर्वार्ता लिने र उत्कृष्ट ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्ने प्रक्रिया बाँकी छ। मन्त्रिपरिषद्ले तीमध्ये एक जनालाई सेबोन अध्यक्ष नियुक्त गर्नेछ।तर, अर्थ मन्त्रालय अहिले जेठ १५ को बजेट तयारीको अन्तिम चरणमा रहेकाले नियुक्ति प्रक्रिया बजेटअघि नै पूरा हुने सम्भावना कमजोर देखिएको छ। सेबोनमा अध्यक्ष नहुँदा आइपिओ, हकप्रद सेयर स्वीकृति र पूँजी बजारसम्बन्धी महत्वपूर्ण निर्णयहरू ढिलो हुन सक्ने देखिन्छ।

136 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु