काठमाडौँ : पूँजीबजारसँग सम्बन्धित सरोकारवालाहरूले बजार सुधारका लागि नीतिगत परिवर्तन आवश्यक रहेको बताएका छन्।
बुधबार आयोजित एक कार्यक्रममा सहभागीहरूले धितोपत्रसम्बन्धी कानुन संशोधन, नियामक निकायमा पूँजीबजार विज्ञहरूको प्रतिनिधित्व तथा बजारमैत्री नीति निर्माणमा जोड दिएका हुन्।
छलफलका क्रममा बजारमा तरलता व्यवस्थापन, आइपिओ नीति, बुक बिल्डिङ प्रणाली, लगानीकर्ता सहभागिता तथा पूँजीबजारको दीर्घकालीन स्थायित्वसँग सम्बन्धित विषय उठाइएको थियो।
सहभागीहरूले नेपालको अर्थतन्त्रमा पूँजीबजारको भूमिका विस्तार हुँदै गएको उल्लेख गर्दै सुधारका लागि स्पष्ट नीति, प्रभावकारी कार्यान्वयन र निजी क्षेत्र तथा नियामक निकायबीच समन्वय आवश्यक रहेको धारणा राखेका थिए।
कार्यक्रममा आर्थिक पत्रकार कुमार खातीवडालाई वित्तीय पत्रकारितामा पुर्याएको योगदानका लागि सम्मान गरिएको थियो।