पात्रो

रेडियो

समाचार खोजी

बैंकिङ्ग प्रणालीबाट ४५ अर्ब रुपैयाँ प्रशोचण गर्दै नेपाल राष्ट्र बैंक

साझा अर्थ संवाददाता १ जेठ २०८३, शुक्रवार

काठमाडौं: नेपाल राष्ट्र बैंकले आज बैङ्किङ प्रणाली बाट प्रणालीबाट ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। प्रणालीमा रहेको अधिक तरलता ब्यवस्थापन गर्न निक्षेप संकलन उपकरण मार्फत सो रकम संकलन गर्ने भएको हो ।

केन्द्रीय बैंकले ४२ दिने अवधिको लागि यो निक्षेप संकलन उपकरण जारी गरिएको हो। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज अपरान्ह ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत आफ्नो प्रस्ताव पेश गर्नुपर्नेछ।

सूचना अनुसार, यस प्रक्रियामा 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन पाउनेछन्। सहभागीले न्यूनतम १० करोड र अधिकतम ५ करोडले भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। यसरी संकलन गरिने निक्षेपको साँवा र ब्याज भुक्तानी मिति असार १२, २०८३ तय गरिएको छ। यो निक्षेपलाई बैंकहरूले अनिवार्य नगद मौज्दात मा गणना गर्न नपाउने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

220 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ