पात्रो

रेडियो

समाचार खोजी

सहज ढङ्गले व्यवसाय सञ्चालनका लागि महानगरसँग कबाड व्यवसायीको माग

साझा अर्थ संवाददाता ३ असोज २०८१, बिहिवार

काठमाडौँ, ३ असोजः कबाड व्यवसायी समाजले सहज र सरल ढङ्गले व्यवसाय सञ्चालनका लागि सहयोग गर्न काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण गराएको छ । आज बृहत् भेलागरी महानगरका नगरप्रमुख बालेन शाहको ध्यानाकर्षण गराइएको समाजका अध्यक्ष रामकेवल गुप्ताले जानकारी दिनुभयो ।
 उहाँले प्रचलित कानुनबमोजिम दर्ता नवीकरण गराउन चाहेका कबाड व्यवसायलाई दर्ता नवीकरण गराउन माग गर्नुभयो । महानगरका वडा कार्यालयले कबाड व्यवसायको दर्ता नवीकरण नगरेको र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा महानगरले कबाडी व्यवसायमा दर्ता गर्न रोक लगाएको उहाँले दाबी गर्नुभयो । भेलामा आम आदमी पार्टीका अध्यक्ष प्रमुख साहलगायत नेताहरुको पनि उपस्थिति थियो ।
 कबाड व्यवसायमा आबद्ध व्यक्तिलाई बेरोजगार बनाइरहेको छ र पेसा व्यवसाय गर्न पाउने हकको हनन गरेको, स्वतन्त्र रुपमा आफ्नो व्यवसाय गर्न पाउने हकको सुनिश्चित हुनुपर्ने माग समाजले गरेको छ । 

201 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता