पात्रो

रेडियो

समाचार खोजी

सिद्धार्थ क्यापिटल लिमिटेडको “सिद्धार्थ इक्विटी फण्ड २” बिक्री खुला

साझा अर्थ संवाददाता २१ वैशाख २०८३, सोमवार
समाचार सारांश
  • सिद्धार्थ क्यापिटलले वैशाख २१ गतेदेखि 'सिद्धार्थ इक्विटी फण्ड २' नामक क्लोज-एन्डेड म्युचुअल फन्ड बिक्री खुला गरेको छ, जसको कुल १० करोड इकाइमध्ये ८ करोड ५० लाख सर्वसाधारणले न्यूनतम १०० इकाइका लागि आवेदन दिन सक्नेछन्।
  • यो फन्ड धितोपत्र बजारमा सूचीकृत भएपछि दोस्रो बजारमार्फत खरिद-बिक्री गर्न सकिनेछ र पेशेवर व्यवस्थापनमार्फत साना तथा मध्यम लगानीकर्तालाई विविधिकृत लगानीको अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।
This summary was generated by AI and has been editorially reviewed.

काठमाडौः (सिद्धार्थ क्यापिटल लिमिटेड) ले “सिद्धार्थ इक्विटी फण्ड २” नामक क्लोज–एन्डेड म्युचुअल फन्ड योजना आज वैशाख २१ गतेदेखि बिक्री खुला गरेको छ। आवेदन अवधि वैशाख २४ गतेसम्म तोकिएको छ र पूर्ण आवेदन नपरेमा जेठ ४ गतेसम्म लम्बिन सक्ने व्यवस्था गरिएको छ।

यस योजनाअन्तर्गत कुल १० करोड इकाइमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाइ, करिब १५ करोड रुपैयाँ बराबर, योजना व्यवस्थापक (सिद्धार्थ बैंक लिमिटेड) लाई छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाइ, करिब ८५ करोड रुपैयाँ बराबर, सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका लागि सार्वजनिक निष्कासनमार्फत उपलब्ध गराइएको छ।

लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड इकाइसम्म आवेदन दिन सक्नेछन्। यो क्लोज–एन्डेड प्रकृतिको म्युचुअल फन्ड भएकाले लगानीकर्ताले तोकिएको अवधिसम्म आफ्नो लगानी सिधै फिर्ता लिन सक्दैनन्, तर धितोपत्र बजारमा सूचीकृत भएपछि दोस्रो बजारमार्फत खरिद–बिक्री गर्न सक्ने व्यवस्था रहनेछ।

म्युचुअल फन्डमार्फत पेशेवर व्यवस्थापनअन्तर्गत सेयर बजारमा लगानी गर्ने अवसर प्रदान गर्ने उद्देश्यसहित ल्याइएको यस योजनाले साना तथा मध्यम लगानीकर्तालाई विविधिकृत लगानीको विकल्प दिने अपेक्षा गरिएको छ। हालको बजार अवस्थाबीच यस योजनामा लगानीकर्ताको आकर्षण कस्तो रहनेछ भन्ने विषयमा चासो बढेको छ।

6 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु