पात्रो

रेडियो

समाचार खोजी

माउन्ट एभरेष्ट पावरको आईपीओ खुल्यो

साझा अर्थ संवाददाता १७ वैशाख २०८३, बिहिवार

काठमाडौः  माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको  आइपीओ निष्काशन तथा विक्री खुल्ला भएको छ ।  बैशाख १७ गते बाट आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा विक्री खुल्ला भएको हो । 
जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा  प्रति शेयरएक सय रुपैयाँका दरले हुन आउने ८ लाख ६० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा १ लाख ७२ हजार कित्ता साधारण शेयर बैदेशीक रोजगारीमा रहेकाहरुकालागि निष्काशन गरेको कम्पनीले जनाएको छ । 
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा बैशाख ३१ गते हुनेछ भने ढिलोमा जेठ १८ गते तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा बैशाख २३ गते र ढिलोमा बैशाख ३१ गते कम्पनीको शेयर विक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडले जनाएको छ ।

56 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु