पात्रो

रेडियो

समाचार खोजी

निजी क्षेत्रलाई कमजोर बनाएर देशको विकास हुन नसक्ने

साझा अर्थ संवाददाता १५ वैशाख २०८३, मङ्गलवार

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले निजी क्षेत्रलाई कमजोर बनाएर देशको विकास हुन नसक्ने बताउनुभएको छ । सोमबार मुख्यमन्त्री कार्यालयमा  निर्माण ब्यावसायी महासंघले बुझाएको ज्ञापन पत्र बुझ्‌दै उहाँले सो कुरा बताउनु भएको हो । 
राजस्वको ठूलो हिस्सा निजी क्षेत्रबाट प्राप्त हुने भएकाले यस क्षेत्रको मागप्रति सरकार लचिलो हुनुपर्ने उहाँले उक्त अवसरमा बताउनु भयो । निर्माण साम्रगीमा भएको अस्वाभाविक मूल्य वृद्धिबाट परेकोे असरप्रति सरकार संवेदनशील रहेको बताउनुभयो । उहाँले कानुनी उपचार र विगतको नजिरलाई हेरेर आयोजनाको म्याद थपको प्रक्रिया थाल्ने आश्वासन दिनुभयो । 
उहाँले सार्वजनिक खरिद ऐन संशोधनको प्रक्रियामा रहेकाले धेरैजसो समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । निर्माण बयावायी महासंघ बागमति  प्रदेश अध्यक्ष छत्रबहादुर तामाङको नेतृत्वको टोलीले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । अध्यक्ष तामाङले प्रत्येक आयोजनामा मूल्य वृद्धि भएअनुरुप तत्काल निर्देशिका गर्न र सबै अवधिका ठेक्काको हकमा मूल्य समायोजनको व्यवस्था गर्न आग्रह गर्नु भएको थियो ।

49 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्