पात्रो

रेडियो

समाचार खोजी

स्नो रिभर्सको आइपीओे बैशाख २९ देखि बिक्री खुल्ला हुने

साझा अर्थ संवाददाता १४ वैशाख २०८३, सोमवार

काठमाडौंः स्नो रिभर्स लिमिटेडको आइपीओ बैशाख २९ देखि निष्काशन तथा विक्री खुल्ला हुने भएको छ । सर्व साधारणकालागि सो आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरिने भएको हो । 
जारी पूँजी ९३ करोड ७५ लाख मध्ये ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँबराबरको ७ लाख ७८ हजार १२५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको जनाएको छ । आइपीओ  निष्काशन बन्द छिटोमा जेठ १ गते हुनेछ भने ढिलोमा जेठ १२ गते हुने कम्पनीको भनाई रहेको  छ । कम्पनीले सञ्चालन गरेको १३.५ मेगावाटको सुपर काबेली खोला ए जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।  
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

60 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु