काठमाडौंः शखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । मंगलबार विहान सो कम्पनीको सर्वसाधारणकालागि आइपीओ बाँडफाँट भएको हो ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बाँडफाँट सम्पन्न भएको ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । कम्पनीले फागुन १७ देखि २६ गते सम्म सर्वसाधारणकालागि १८ लाख ४२ हजार ६०० कित्ता आइपीओ निष्काशन तथा विक्री खुल्ला गरेको थियो ।
आइपीओमा २६ लाख ८७ हजार ३४७ जनाले कुल २ करोड ८८ लाख १६ हजार ९९० कित्ता शेयर खरिदका लागि आवेदन दिएकोमा २६ लाख ५० हजार ८४७ आवेदन स्वीकृत भएको थियो । ३६ हजार ५०० आवेदन भने रद्द भएको क्यापीटलले जनाएको छ ।
स्वीकृत आवेदन मध्ये गोलाप्रथा प्रक्रियामार्फत १ लाख ८४ हजार २६० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।