काठमाडौँ : नेपाल लाइफ क्यापिटल लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बीच ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ सूचीकृत गर्ने सम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ।
सम्झौतापछि उक्त योजनाका कुल २० करोड इकाइ नेप्सेमा सूचीकृत भएका छन्। ती इकाइहरू प्रति इकाइ १० रुपैयाँ अंकित मूल्यमा जारी गरिएको हो।
यो योजना सर्वसाधारणका लागि २०८२ साल पुस ४ गतेदेखि माघ ९ गतेसम्म बिक्री खुला गरिएको थियो। सर्वसाधारणबाट संकलित लगानीलाई व्यवस्थापन गर्दै सञ्चालन हुने यो योजना बन्दमुखी म्युचुअल फण्डको रूपमा रहेको छ।
नेप्सेमा सूचीकृत भएसँगै ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ का इकाइहरू दोस्रो बजारमा कारोबारका लागि मंगलबारदेखि उपलब्ध हुने अपेक्षा गरिएको छ।
नेप्सेमा कारोबार हुँदा उक्त योजनाका इकाइहरू ‘एनएसवाई’ संकेतमा कारोबार हुने जनाइएको छ।