काठमाडौंः वाणिज्य बैंकहरुले चैत महिनाका लागि ब्याजदर प्रकाशन गरेका छन्। प्रकाशित ब्याजदर अनुसार औषत ब्याज दर घटेको पाइएको छ ।
मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर, चैतमा ४.४९ प्रतिशतविन्दुमा झरेको पाइएको छ । फागुन महिनामा ४.५६ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत निक्षेपमा बैंकहरुको अधिकतम औषत ब्याजदर ०.०७ प्रतिशतविन्दु घटेको हो।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये ६ बैंकहरुले ब्याजदर घटाएका छन् भने १४ वाणिज्य बैंकहरुले भने व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा परिवर्तन गरेका छैनन् । यसैरी बैंकहरुले संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर ०.०३ प्रतिशतविन्दुले घटाएका छन्। चैत महिनाका लागि सबैभन्दा बढी मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.६ प्रतिशतविन्दुले नेपाल बैंक ले घटाएको छ । यसैगरी स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकले पनि चैत महिनाका लागि ब्याजदर घटाएका छन् ।