काठमाडौँ: सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५,१५,६१६ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ।
कम्पनीले पुस २९, २०८२ मा सम्पन्न आठौँ र नवौँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०८१/८२ का लागि कुल २०.२६ प्रतिशत लाभांश पारित गरेको थियो। उक्त लाभांशअन्तर्गत १५.२६३२ प्रतिशत नगद लाभांश तथा ५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरिएको थियो।
सोही निर्णयअनुसार जारी गरिएको ५ प्रतिशत बोनस सेयर अर्थात् २५,१५,६१६ कित्ता सेयर अब नेप्सेमा सूचीकृत भएसँगै दोस्रो बजारमा कारोबारयोग्य भएको छ। समाचार तयार पार्दासम्म सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अन्तिम कारोबार मूल्य ४९० रुपैयाँ कायम रहेको छ।