काठमाडौः पाल्पा सिमेन्ट इण्डष्ट्रिजको आइपीओ बाँडफाँट गरिएको छ । शुक्रवार सो आइपीओ बाँडफाँट गरिएको हो ।
कम्पनीको आइपीओमा २४ लाख १३ हजार ५१७ जनाले २ करोड ६३ लाख १० हजार ९७० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ३६ हजार ८१२ जनाको ४ लाख ४८ हजार ५५० कित्ताका लागि परेको आवेदन आवेदन बदर भएको छ । सदर आवेदनमध्ये ४५ लाख कित्ता सेयर बाँडफाँड गरिएको छ ।
सदर आवेदन मध्ये गोलाप्रथाद्वारा ४ लाख ५० हजार जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेको शेयर विक्री प्रबन्धक नविल क्यापीटल इन्भेष्टमेन्टले जनाएको छ ।