काठमाडौंः सोपान फर्मास्यूटिकल्स लिमिटेडको आइपीओ चैत्र ९ गते बाट विक्री खुल्ला हुने भएको छ । बैदेशिक रोजगारीमा रहेको नेपालीहरुकालागि सो आइपीओ विक्री खुल्ला हुने भएको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको मा सोमध्ये १० प्रतिशतले हुन आउने ४ करोड २९ लाख रुपैयाँ बराबरको ४ लाख २९ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको जनाएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले चैत १२ गतेसम्म कम्पनीको आईपीओमा आवेदन गर्न सक्नेछन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत २३ गतेसम्म लम्बिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।