काठमाडौं : एपोलो हाइड्रोपावर लिमिटेडले प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरुको लागि खोलेको आइपीओमा आवेदन दिने म्याद थप गरेको छ । फागुन ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद चैत्र १० सम्मकालागि थप गरिएको हो ।
कम्पनीले ४ करोड ७० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ४ लाख ७० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले सञ्चालन गरेको ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३७ करोड २० लाख ३९ हजार रुपैयाँ रहेको छ ।