पात्रो

रेडियो

समाचार खोजी

बिहीबार नेप्से ०.१७ प्रतिशतले उकालो, करिब ४.९१ अर्बको कारोबार

साझा अर्थ संवाददाता २४ पुष २०८२, बिहिवार

बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.५९ अंकले वृद्धि भई २,६४०.५४ बिन्दुमा बन्द भएको छ, जुन अघिल्लो कारोबार दिनको तुलनामा ०.१७ प्रतिशतको सुधार हो। आजको कारोबारमा १२९ कम्पनीको सेयर मूल्य बढ्दा ११५ कम्पनीको घट्यो भने १५ कम्पनीको मूल्य स्थिर रह्यो। सीमित दायरा भित्र बजार चलायमान देखिँदा लगानीकर्ता धारणा सतर्क तर स्थिर रहेको संकेत गरेको छ।

कारोबार रकमको आधारमा बिहीबार कुल ४ अर्ब ९० करोड ८० लाख ९४ हजार ९२ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। ३२८ कम्पनीका १ करोड ४३ लाख ३१ हजार ७६० कित्ता सेयर ६९,२६१ पटकको कारोबारमार्फत खरिद–बिक्री भएका छन्। कुल बजार पुँजीकरण ४४ खर्ब ३३ अर्ब ५३ करोड ४४ लाख ७० हजार रुपैयाँ पुगेको छ भने कुल फ्लोट बजार पुँजीकरण १५ खर्ब ६ अर्ब ४४ करोड ४६ लाख ७४ हजार रुपैयाँ कायम भएको छ।

151 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
100%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ