काठमाडौंः नविल बैंकले पुस २८ गते कालागि साधारण सभा डाकेको छ । कम्पनी सञ्चालक सिमितिले सो दिने वार्षिक साधारण सभा डाकेको हो ।
कम्पनीको ४१ औं साधारण सभा पुस २८ गते बोलाईएको कम्पनी सञ्चालक समितिलेक जनाएको छ । साधारण सभाले हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनकालािग समेत ) वितरण गर्ने लगायतका प्रस्ताव पारित गर्ने कम्पनीले जानकारी दिएको छ । साधरण सभा तथा लाभांस वितरण प्रयोजनकालागि कम्पनीले पुस १६ गते बुकक्लोज गर्दे छ ।