काठमाडौंः नबिल बैंक लिमिटेडले शेयर धनीहरुलाई १२ दशमलब ५० प्रतिशत लाभांस दिने भएको छ । बैंकले हाल कायम चुक्ता पूँजिको १२.५० प्रतिशत नगद लाभांश (करसहित) लाभांस दिने घोषणा गरेको हो ।
मंसिर १९ गते बसेको सञ्चालक समितिले सो लाभांस दिने घोषणा गरेको कम्पनीले जनाएको छ । नेपाल राष्ट्र बैंक बाट स्वीकृत भई साधारण सभाले पारित गरेपछि शेयर धनीहरुले लाभांसा प्राप्त गर्ने छन् ।