पात्रो

रेडियो

समाचार खोजी

ट्रम्प र ममदानीबीच भेट हुदै

साझा अर्थ संवाददाता ४ मंसिर २०८२, बिहिवार

काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्कका नवनिर्वाचित मेयर जोहरान ममदानीसँग भेटवार्ता गर्ने भएका छन् । ट्रम्पले न्यूयोर्कका मेयर ममदानीसँग भेट्ने जानकारी दिएका हुन् ।

ममदानीले भेटका लागि अनुरोध गरेको र आफुहरु नोभेम्बर २१ मा ह्वाइटहाउसमा भेट्न सहमत भएको ट्रम्पले जानकरी द्येका छन् ।

ट्रम्पले मेयर चुनाव अघि मानिसहरूलाई जोहरान ममदानीलाई मतदान नगर्न आग्रह गरेका थिए र उनले ममदानीलाई निर्वाचित गरेमा शहरको कोष घटाउने चेतावनी समेत दिएका थिए ।

आफ्नो मेयरको जित पछि, ममदानीले आफ्नो भाषणमा राष्ट्रपति ट्रम्पलाई चुनौती दिएका थिए । ममदानीको विजयको भोलिपल्ट, ट्रम्पले मानिसहरू न्यूयोर्क छोडेर जाने टिप्पणी गरेका थिए ।

84 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ