पात्रो

रेडियो

समाचार खोजी

ग्रीनेडी इनर्जीले प्रभु क्यापिटललाई आईपीओ व्यवस्थापक नियुक्त गर्‍यो

मंसिर १ मा सम्झौता, जारी पुँजीको ३०% प्रभावित स्थानीय र सर्वसाधारणलाई

साझा अर्थ संवाददाता २ मंसिर २०८२, मङ्गलवार
समाचार सारांश

ग्रीनेडी इनर्जीले मंसिर १ मा प्रभु क्यापिटलसँग सम्झौता गर्दै आईपीओ प्रक्रिया सुरु गरेको छ। जारी पुँजीको ३०% प्रभावित स्थानीय र सर्वसाधारणलाई निष्काशन हुनेछ। इदी खोला जलविद्युत् आयोजना बैशाख ०८ बाट सञ्चालनमा छ। कम्पनीले आगामी दिनमा सौर्य र हरित ऊर्जामा पनि लगानी बढाउने योजना बनाएको छ।

This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ — ग्रीनेडी इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) निष्काशन तथा बिक्री व्यवस्थापनका लागि प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। मंसिर १, २०८२ मा सम्पन्न सम्झौतामा ग्रीनेडी इनर्जीका अध्यक्ष युरेश मन कायस्थ र प्रभु क्यापिटलका प्रबन्ध निर्देशक आशीष गौचनले हस्ताक्षर गरेका हुन्।

कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशत हिस्सा प्रोक्ट प्रभावित स्थानीय तथा सर्वसाधारणलाई निष्काशन गर्ने योजना बनाएको छ।

ग्रीनेडी इनर्जीले कास्की जिल्लामा रहेको इदी खोला जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी बैशाख ०८ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन सुरु गरिसकेको छ। आयोजना क्यू–६५ हाइड्रोलोजी मोडेलका आधारमा निर्माण गरिएको हो।

कम्पनीलाई बैंकिङ, जलविद्युत्, बीमा तथा पुँजी बजार क्षेत्रमा अनुभव भएका विज्ञहरूको साथ तथा मार्गदर्शन प्राप्त छ। निकट भविष्यमा कम्पनीले जलविद्युत्का साथै सौर्य तथा अन्य हरित ऊर्जामा पनि लगानी विस्तार गर्ने लक्ष्य लिएको छ।

134 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ