पात्रो

रेडियो

समाचार खोजी

बन्दीपुर केबलकारको शेयर नेप्सेमा सुचिकृत

साझा अर्थ संवाददाता २४ कार्तिक २०८२, सोमवार

काठमाडौँ । बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेडको आइपिओ शेयर नेप्सेमा सुचीकृत भएको छ ।

बन्दीपुर केवलकारको कुल २ करोड ८३ लाख एकाइ आईपीओ शेयर नेप्सेमा सूचीकृत भएको हो । यसमा प्रमोटरहरूले राखेका शेयरहरू र सर्वसाधारणलाई जारी गरिएको शेयरको सबै इकाई समावेश रहेको छ ।

पहिलो कारोबारको लागि खुला दायरा ९५.२४ देखि २८५.७२ रहेको छ । यदि कम्पनीले नेप्सेसँग सम्झौतामा हस्ताक्षर गरेमा आइपीओ शेयरहरू भोलिपल्ट दोस्रो बजारमा कारोबार हुनेछन् ।

कुल २ करोड ८३ लाख एकाइ शेयरहरू मध्ये, १०० रुपैयाँको बराबर मूल्यको ४३ लाख ४१ हजार ८० एकाइ आईपीओ शेयरहरू ११ भदौ देखि १५ भदौ, २०८२ सम्म सर्वसाधारणलाई जारी गरिएको थियो ।

सूचीबद्ध शेयरहरू 'BANDIPUR' नामबाट कारोबार हुने भएको छ ।

135 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु