स्टक ब्रोकर एशोसिएसन अफ नेपालले नेपालका पुँजी बजारको भविष्य उज्यालो रहेको भन्दै लगानीकर्तालाई संयमित र उच्च मनोबलका साथ कारोबार गर्न आग्रह गरेको छ। अध्यक्ष सागर ढकालका अनुसार सरकार, राष्ट्र बैंक र धितोपत्र बोर्डले बजार सुधारका लागि आवश्यक कदम चालिरहेका छन्, र हाल देखिएको अन्यौलता स्थायी नभएको स्पष्ट संकेत मिलिरहेको छ।
काठमाडौ । स्टक ब्रोकर्स एशोसिएशन अफ नेपाल (एसबान)ले नेपालको पुँजी बजारको भविश्य दिगो र उज्वल रहेको भन्दै लगानीकर्तालाई उच्च मनोवलका साथ संयमित भएर कारोबार गर्न आग्रह गरेको छ । पछिल्लो समय अन्यौलतापूर्ण अवस्थामा लगानीकर्ताको मनोबल खस्किरहेको भन्दै अबका दिनमा उच्च मनोबलका साथ सेयर कारोबार गर्न ब्रोकर एशोसिएशनका अध्यक्ष सागर ढकालले आग्रह गर्नुभएको हो ।
अहिले नेप्से परिसुचक न्यूनतम विन्दुमा झरिसकेको र सरकारलगायत सरोकारवाला निकायले समेत पुँजी बजारको सुधार र विकासका लागि सक्दो प्रयास गरेको भन्दै सोही अनुरुप उच्च मनोबालका साथ कारोबार गर्न ढकालको आग्रह थियो । ‘‘नयाँ सरकार गठनसँगै पूँजी बजारको सुधार र विकासका लागि पूँजी बजार सुधार सुझाव समिति बनाई पूँजी बजारको सुधार गर्नका लागि आवश्यक सुझावहरु लिई सो अनुसारको आवश्यक कदमहरुलाई तुरुन्त कार्यान्वयनमा लैजान आदेश दिएको र सोही अनुरुप नेपाल राष्ट्र बैङ्कबाट समेत आवश्यक कार्यान्वयन भइसकेको भने नेपाल धितोपत्र बोर्डबाट समेत आफ्ना काम अघि बढाएको छ’’ उहाँले भन्नुभयो, ‘‘बोर्ड लगायत सरोकारवाला निकायले लगानीकर्ताहरुले माग गरे बमोजिमको तत्कालै आवश्यक सबै सुधारका कार्यहरु अगाडि बढाइसकेको छ भने ब्रोकर एशोसिएशनले पनि पुँजी बजार सुधारका लागि सरोकारवाला निकायलाई दिर्घकालिन सुधारका काम गर्न झक्झक्याउँदै आएको छ ।’’
आन्दोलनले सरकारी सम्पत्ति र निजी क्षेत्रको व्यक्तिगत जनधन एवं व्यवसायमा क्षति पु-याएपनि समग्र देशको अर्थतन्त्रका विभिन्न सूचकाङ्कहरु, बैङ्क ब्याजदर, वैदेशिक मुद्राको बचतदर तथा मृल्यबृद्धि लगायतका तथ्यांकहरुका साथै वित्तीय तरलता समेत सृदृद्ध हुँदै गएकोले सेयर बजारमा सुधार आउनुको विकल्प नरहेको समेत उनले जानकारी दिए ।
साथै असोज २३ र २४ गते भएको युवा समूहहरु (जेन–जी) को आन्दोलन र सो आन्दोलन पश्चात देखिएको राजनीतिक अस्थिरताले नेपालको पूँजी बजारलाई प्रभावित बनाएपनि अन्तरिम सरकारद्वारा समग्र शान्ति सुरक्षाको प्रबन्धका साथै अर्थतन्त्रको स्थायित्व तथा दिगो विकासका लागि अल्पकालिन, मध्यकालिन तथा दीर्घकालिन नीतिहरु बनाई कार्यान्वयन गर्दै अघि बढेकाले अबका दिनमा लगानीहकर्ताहरु हतास हुन नपर्ने उहाँको भनाई छ । ‘‘अहिलेको सरकारले पुँजी बजारको बृद्धि र विकासका लागि यथासक्दो प्रयास गरेको छ भने हामीले पनि सोही अनुरुप सुधारका काम गर्न दबाब दिँदै आएका छौं,’’ उहाँले भन्नुभयो, ‘‘यस्तो अवस्थामा लगानीकर्ताहरु आफ्नो सम्पत्तिको सुरक्षा गर्दै संययिमत भएर सेयर कारोबार गर्नुको विकल्प छैन ।’’