पात्रो

रेडियो

समाचार खोजी

बाजेको सेकुवा लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

साझा अर्थ संवाददाता १२ भदौ २०८२, बिहिवार

काठमाडौ: बाजेको सेकुवा लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। भदौ ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा डाकेको हो।

बैठकले असोज २ गते बिहिबारका दिन काठमाण्डौको बत्तिसपुतलीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको ३ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव परित गरिने कार्यशूचि रहेको कम्पनिले जनाएको छ ।

245 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु