पात्रो

रेडियो

समाचार खोजी

अमुदी फुड्सले आइपीओ निष्काशन गर्ने

साझा अर्थ संवाददाता २७ साउन २०८२, मङ्गलवार

काठमाडौँः  अमुदी फुड्स लिमिटेडले आइपीओ निष्काशन गर्ने  भएको छ । सो कम्पनीले कूल २० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो । 

    उत्पादन क्षेत्रका उद्योगलाई साधारण शेयर बिक्रीका लागि प्रतिशेयर अङ्कित मूल्य रु १०० का दरको २० लाख कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच शेयर निष्कासनसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

    सोमबार ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्सालमा आयोजित एक कार्यक्रममा अमुदी फुड्सकोतर्फबाट अध्यक्ष अच्युत बस्नेत र ग्लोबल आइएमई क्यापिटलकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

    यस कम्पनीकोे कर्पोरेट अफिस काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरमा रहेको छ भने चितवनको भरतपुर महानगर १२, गोन्द्राङमा फुड्स उत्पादन गर्ने उद्योग रहेको छ । यस कम्पनीको संस्थापनमा विभिन्न क्षेत्रमा अनुभव प्राप्त प्रतिष्ठित व्यवसायी, उद्योगी, शिक्षाविद् तथा ख्यातिप्राप्त व्यक्तित्वको लगानी रहेको छ । अमुदी फुड्स लिमिटेडले विभिन्न ब्राण्डका स्न्याक्स उत्पादन गर्दै आएको छ । 

109 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु