पात्रो

रेडियो

समाचार खोजी

बागमतीप्र देशमा नयाँ सरकार गठनकालागि दाबी पेस गर्न २४ घण्टाको समय

साझा अर्थ संवाददाता १९ साउन २०८२, सोमवार

काठमाडौंः बागमती प्रदेशमा मुख्य मन्त्री नियुक्तिकालागि दावी पेश गर्न २४ घण्टाको समय सिमा राखि आह्वान गरिएको छ । बागमति प्रदेशका मुख्य मन्त्री बहादुरसिंह लामाले मुख्यमन्त्री पदबाट राजिनामा दिएपछि प्रदेश प्रमुखले सो आह्वान गर्नु भएको हो । 
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री नियुक्तिका लागि मंगलबार दिउँसो २ बजेसम्म दाबी पेश गर्न आह्वान गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । 
नेपालको वर्तमान संविधानको धारा ६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

135 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु