काठमाडौंः नेपाल पूनर्बीमा कम्पनीले शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको बुधवार सम्पन्न सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
बिमा प्राधिकरणको निर्देशन अनुरुप पूँजि बृद्धी गर्न हकप्रद शेयर निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ ।
हकप्रद शेयर कम्पनीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत गरी धितोपत्र बोर्डमाबाट अनुमति पश्चात जारी हुने छ ।