काठमाडाै: हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनीको रुपमा रहेको हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले सामुहिक लगानी कोष योजना संचालन गर्ने भएको छ। कम्पनीले योजना संचालन गर्नको लागि अनुमति माग गर्दै साउन ११ गते बोर्डमा आवेदन दिएको छ।
कम्पनीले हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि एचएलआई लार्ज क्याप फण्ड नामको बन्दमुखी योजना संचालन गर्न अनुमति माग गरेको हो। लार्ज क्याप फण्ड भनेको धेरै चुक्ता पुँजी भएका अर्थात् ठूला कम्पनीको शेयरमा लगानी गर्ने फण्ड हो।
प्रस्तावित यस फण्डको आकार ४ अर्ब रुपैयाँको रहेको छ। जसमा प्रति इकाई १० रुपैयाँको दरले ४० करोड इकाई निष्काशन हुने छ।