पात्रो

रेडियो

समाचार खोजी

पिपुल्स पावरको ३९ लाख कित्ता बढी शेयरको लकइन अवधि भदौमा सकिँदै

साझा अर्थ संवाददाता १२ साउन २०८२, सोमवार

काठमाडाै: पिपुल्स पावर लिमिटेडको ३९ लाख कित्ता बढी शेयरको लकइन अवधि २०८२ भदौ १२ गते समाप्त हुने भएको छ।

कम्पनीको संस्थापकले धारण गरेको ३२ लाख २६ हजार कित्ता , आयोजना प्रभावित स्थानीयको नाममा रहेको ६ लाख ३२ हजार ६ सय कित्ता र कम्पनीका कर्मचारीसँग रहेको ४९ हजार ३ सय ४८ कित्ता गरि कुल ३९ लाख ७ हजार ९ सय ४८ कित्ता शेयरको लकइन अवधि खुल्न लागेको हो।

सार्वजनिक निष्काशन गरि शेयर बाँडफांड गरेको ३ वर्षसम्म कम्पनीको संस्थापक, र कम्पनीका कर्मचारीले शेयर बिक्री गर्न नपाइने गरि लकइनमा राख्नु पर्ने व्यवस्था छ। लकइन अवधि खुलेपछि भने संस्थापक, र कर्मचारीले ति शेयर बिक्री गर्न सक्ने छन्। कम्पनीका संचालकले भने शेयर बिक्री गर्न पाउने छैनन्।

138 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु