पात्रो

रेडियो

समाचार खोजी

आईएमएफको शर्तअनुसार १० ठूला बैंकको अडिट जिम्मा भारतीय कम्पनीलाई

साझा अर्थ संवाददाता ३२ साउन २०८१, शुक्रवार

 

१० ठूला वाणिज्य बैंकहरूको ऋणको लेखा परीक्षण (अडिट) गर्ने जिम्मा भारतीय कम्पनीले पाएको छ । नेपाल राष्ट्र बैंकले प्रतिस्पर्धामा रहेका पाँचवटा अन्तर्राष्ट्रिय लेखा परीक्षण फर्ममध्येबाट केपिएमजी एसुरेन्स एन्ड कन्सल्टिङ सर्भिसेज एलएलपी, इन्डियालाई छनोट गरेको छ ।

अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) को ऋण शर्तअनुसार राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकको ऋणको लेखा परीक्षण गराउनअन्तरराष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। केपीएमजीले नेपालको स्थानीय अडिट फर्मको सहायतामा यो काम अघि बढाउनेछ। सेप्टेम्बर २०२४ देखि केपीएमजीले काम थाल्ने छ। 

आईएमएफको कार्यकारी बोर्डले बिस्तारित कर्जा सुविधा (ईसीएफ) को समीक्षा गर्दै नेपाललाई थप ऋण रकम निकासा गर्ने निर्णय गर्दा नेपालका १० ठूला वाणिज्य बैंकको ऋणको लेखा परीक्षण गर्नुपर्ने शर्त राखेको थियो।

359 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु