पात्रो

रेडियो

समाचार खोजी

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक कानुन समितिबाट पारित

साझा अर्थ संवाददाता २४ साउन २०८१, बिहिवार

काठमाडौँ: सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतिले पारित भएको छ । समितिको आजको बैठकले सो विधेयक पारित गरेको हो ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित संसद सचिवालयले जानकारी दिएको छ । 
समितिमा विधेयकका केही बुँदामा सहमति जुट्न नसकेपछि कार्यदल बनाइएको थियो । सो कार्यदलले जुटाएको सहमतिसहित विधेयक समितिबाट पारित भएको हो । श्रावण २९ गते बस्ने प्रतिनिधिसभाको बैठकमा यो विधेयक निणर्यार्थ पेश गरिने बताईएको छ ।

207 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता