महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ बिक्री खुला भएको छ । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा लघुवित्तले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
एफपीओमा पुस ९ गतेसम्म आवेदन दिन सकिनेछ । यदि पुस ९ गतेसम्म सबै सेयर बिक्री नभएमा पुस १९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।
साझा अर्थ संवाददाता