काठमाडौं: संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक आज संसदीय समितिबाट पारित गरिने भएको छ । दलहरुका शीर्ष नेताको तहमा सहमती भएका कारण आज पारित गरिने गरिने भएको हो ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित गर्न प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिको बैठक आज बस्ने बताइएको छ । समितिबाट पारित भएपछि विधेयक २९गते बस्ने प्रतिनिधिसभामा निणर्यार्थ पेश गरिने छ । मुख्य विवादित विषयमा शीर्ष तहमा सहमति भएपछि संसदको चालू वर्षे अधिवेशनबाट नै विधेयक पारित गर्ने तयारी गरिएको हो । लामो समयदेखि अड्ककिएर बसेको यो विधेयक पारित भई कानुन बनेपछि द्वन्द्वकालिन मुद्दाले निकास पाउने अपेक्षा गरिएको छ ।
साझा अर्थ संवाददाता