पात्रो

रेडियो

समाचार खोजी

कोलकातामा ‘बिटुबी’ कार्यक्रम, भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो

साझा अर्थ संवाददाता ३१ जेठ २०८३, आइतवार

गण्डकी, ३१ जेठ । भारतीय सहर कोलकातामा पोखरा र कोलकाताका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी ‘बिटुबी’ एवं ‘सेल्स मिसन’ सम्पन्न भएको छ। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्टस् (नाट्टा) गण्डकीको ‘पोखरा–नेपाल प्रवद्र्धन अभियान २०२६’ अन्तर्गत आयोजित उक्त मिसनमा पोखराका पर्यटन व्यवसायीले भारतीय पर्यटन व्यवसायीलाई आकर्षक ‘प्याकेज’सहितको भ्रमण योजना प्रस्तुत गरेका थिए।

कार्यक्रममा पोखरा, मुक्तिनाथ, अन्नपूर्ण क्षेत्रलगायत गण्डकी प्रदेशका अन्य गन्तव्यलाई भारतीयमाझ चिनाउने र घुम्न प्रेरित गर्ने प्रतिबद्धता भारतीय पक्षले जनाएको नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले बताउनुभयो। कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्यले पर्यटनले नेपाल–भारत मित्रता, संस्कृति र आर्थिक समृद्धिमा टेवा पुग्ने धारणा राख्नुभयो।

पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा र कोलकाताबीच सांस्कृतिक र जनस्तरको सम्बन्ध रहेको बताउँदै पर्यटन साझेदारीले दुवै पक्षलाई लाभ पु¥याउने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष दाहालका अनुसार हाल पोखरासहित नेपालमा भारतीय पर्यटकको आगमन बढ्दो छ र यस कार्यक्रमले त्यसलाई थप टेवा पुग्नेछ।

कार्यक्रममा पोखरा तथा समग्र नेपालको पर्यटन समेटिएको वृत्तचित्र र प्रवद्र्धनात्मक सामग्री प्रदर्शन तथा वितरण गरिएको थियो। नाट्टा गण्डकीले यसअघि पटना, बाराणसी, अयोध्या, गोरखपुर र सिलुगुढीमा पनि यस्तै कार्यक्रम आयोजना गरिसकेको छ।

48 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ