पात्रो

रेडियो

समाचार खोजी

स्नो रिभर्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

साझा अर्थ संवाददाता १ जेठ २०८३, शुक्रवार

काठमाडौः स्नो रिभर्स लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिमदिन रहेको छ । कम्पनीले  बैशाख २९ गतेदेखि सर्व साधारणकालागि निष्काशन तथा बिक्री खुल्ला गरेको सो आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । 
कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँबराबरको ७ लाख ७८ हजार १२५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो । कम्पनीले १३.५ मेगावाटको सुपर काबेली खोला ए जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

233 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ