काठमाडौँ : सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख १६ हजार ३२१.२७६५ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ।
कम्पनीको ११औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८१/८२ का लागि कुल १० प्रतिशत लाभांश पारित गरेको थियो। त्यसमध्ये ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभाबाट स्वीकृत भएको थियो।
सोही ९.५ प्रतिशत बोनस सेयर अहिले नेप्सेमा सूचीकृत भएको हो। बोनस सेयर सूचीकृत भएसँगै सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि उक्त सेयर दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।
बजार विवरणअनुसार समाचार तयार पार्दासम्म कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १ हजार ७२५ रुपैयाँ रहेको छ।