काठमाडौैः टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आइपीओ निष्काशन तथा विक्री खुल्ला भएको छ । सर्वसाधारणकालागि सो आइपीओ निष्काशन तथा विक्री आजबाट खुल्ला भएको हो ।
जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्न कम्पनीले अनुमति पाएको थियो । स्थानीय आयोजना प्रभावित तथा बैदेशिक रोजगारीमा रहेकाहरु, सामूहित लगानीकोष तथा कम्पनीका कर्मचारीहरुकालािग आइपीओ बाँडफाँट कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुकालागि २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँबराबरको २५ लाख १५ हजार ४५५ कित्ता शेयर निष्काशन गर्न लागेको जनाएको छ । आइपीओ निष्काशन तथा विक्री प्रबन्धक प्रभू क्यापिटल रहेको छ । अइपीओ निष्काशन बन्छ छिटोमा मा बैशाख २८ गते तथा ढिलोमा जेठ ६ गते हुनेछ । कम्पनीले आठ मेघावाटको टक्सार पिखुवा खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।